अन्तरजातीय विवाह गरेका लम्साल दम्पती सम्मानित

अन्तरजातीय विवाह गरेका लम्साल दम्पती सम्मानित

विराटनगर बैशाख १३ , अन्तरजातीय विवाह गरेर दाम्पत्य जीवन बिताउन सफल भएका पत्रकार गणेश लम्साल र उनकी श्रीमती कमला लम्साल (बिश्वकर्मा)लाई विराटनगरमा सम्मान गरिएको छ ।

एक्काइस वर्ष अघि अन्तरजातीय प्रेम विवाह गरेका लम्साल दम्पत्तिलाई नेपाल दलित समाज कल्याण संघ मोरङले आठौं अधिबेशनको अवसरमा आइतबार विराटनगरमा सम्मान गरेको हो ।
उनीहरुलाई दलित कल्याण संघका केन्द्रीय अध्यक्ष भक्त बिश्वकर्मा र मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले दोसल्ला ओढाइ प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । सोही अवसरमा स्नातकोत्तर अध्यनरत दृश्टिविहीन विद्यार्थी मोरङ सिद्राहाका धिरेन्द्र बिश्वकर्मा र कटहरीकी समाजिक अभियन्ता मालती ऋषिदेबलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा दलित समाज कल्याण संघका केन्द्रीय अध्यक्ष भक्त बिश्वकर्माले नयाँ संविधान बनिसक्दा पनि अझै जातीय छुवाछुत हट्न नसकेकोमा चिन्ता व्यक्त गर्दै अब गैरदलित समुदायलाई छुवाछुत अन्त्यकालागि चेतना दिनुपर्नेमा जोड दिए ।
प्रजिअ तोयम रायाले स्रोत साधन नहुँदा स्थानीयस्तरमा सरकारले निर्माण गरेको दलित समिति सक्रृय हुन नसकेको बताए । गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य उमेश बिश्वकर्मा, त्रिलोक न्यौपाने, महिला अधिकारकर्मीहरु सञ्जु साह, मौसम राइ, नेपाल दलित संघका मोरङ अध्यक्ष रामकुमार बिश्वकर्मा, परियार सेवा समाज विराटनगरका अध्यक्ष सुर्य नेपाली र दलित कल्याण संघ मोरङका अध्यक्ष जीवन घतानीलगायतले अब व्यवहारिक रुपले नै छुवाछुत अन्त गर्न सवै लागिपर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्