वक्सिङ्ग प्रशिक्षकलाई विवेकशिल नेपाली दल युएइबाट सहयोग

वक्सिङ्ग प्रशिक्षकलाई विवेकशिल नेपाली दल युएइबाट  सहयोग

बिराटनगर बैशाख १३ , क्यानसरबाट पिडित सहायक वक्सिङ्ग प्रशिक्षक एवं जिल्ला वक्सिङ्ग संघ सुनसरीका सल्लाहकार दिपक राईलाई विवेकशिल नेपाली दलका युएइ युनिटले ३६ हजार ६ सय ६१ रुपैया आर्थिक सहयोग गरेको छ ।
सुनसरी जिल्ला खेलकुद विकास समिति अन्र्तगत रहेको  जिल्ला वक्सिङ्ग संघले धरान कर्भड हलमा शनिवार एक कार्यक्रममा आयोजना गरेर सहयोग रकम हस्तान्तरण गरेको हो ।  सहयोग रकम विवेकशिल नेपाली दलका मोरङ्ग जिल्ला न्यायपालिका कमिटी सदस्य वविन खनालले वक्सिङ्ग संघ सुनसरी अध्यक्ष देवेन्द्र लिम्वु र जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष धनप्रसाद राईलाई हस्तान्तरण गरेका हुन । सहयोग रकम विवेकशिल नेपाली दलका युएइ अध्यक्ष सुजल श्रेष्ठ र युएइमा कार्यरत हरी न्यौपानेको पहलमा संकलन गरि पठाएको वविन खनालले जानकारी गराए ।
सहायक वक्सिङ्ग प्रशिक्षक दिपक पूर्व राष्ट्रिय वक्सिङ्ग खेलाडि हुन । उनि भारतको भेलोरमा क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् ।सुनसरी वक्सिङ्ग संघको पहलमा केन्द्र वाट २५ हजार रुपैया हस्तान्तरण गरिसकेको र थप सहयोग जुटाउन पहल गरिरहेको पनि सुनसरी वक्सिङ्ग अध्यक्ष देवेन्द्र लिम्वुले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्