विराटनगरमा पहिलोपटक आइटी समर क्याम्प हुदै

विराटनगरमा पहिलोपटक आइटी समर क्याम्प हुदै

बिराटनगर बैशाख १३ ,

पुर्वाञ्चलको ठूलो शहर विराटनगरमा नेपालमै पहिलो पटक सबै भन्दा ठुलो आइटी समर क्याम्प हुने भएको छ  । बिराटनगर स्थित बिराट क्षितिज कलेज र स्लास प्लसको सहकार्यमा उक्त क्याम्प सुरु हुन लागेको हो  । क्याम्प जेष्ठ ९ गतेबाट शुरु हुने आयोजकले बताएको छ  । तीन महिना सम्म चल्ने आइटी समर क्याम्पमा विभिन्न विधाहरुमा कार्यक्रम संचालन गरिने आयोजकको भनाइ छ । जस अन्तरगत डिप्लोमा इन आइटी कक्षा ,फोटोग्राफी , उद्यमशिलताबारे प्रशिक्षण ,  सामाजिक सेवा समन्धी कार्यशाला , मनोरञ्जनका बिभिन्न कार्यक्रम , व्यक्तिव बिकासका लागि बिभिन्न प्रशिक्षण कार्यक्रम , करियर काउन्सिलिंग , शैक्षिक भ्रमण जस्ता विविध कार्यक्रम हुने छन्  । यस किसिमको क्याम्पले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुने आशा आयोजकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्