बिराटनगरमा जेष्ठ ६ र ७ गते एजुकेशन एस्पो हुने

बिराटनगरमा जेष्ठ ६ र ७ गते एजुकेशन एस्पो हुने

बिराटनगर बैशाख १३ ,

बिराटनगरमा एसएलसी र कक्षा १२ को परिक्षा दिएर बसेका बिद्यार्थीहरुका लागि जेस्ठ ६ र ७ गते एजुकेशन एस्पो आयोजना गरिने भएको छ । क्लाउड ९ को आयोजनामा बिराटनगरको जैन भवनमा हुने उक्त एस्पोमा बिराटनगर र आसपासका करिब ६ हजार विद्यार्थीले अवलोकन गर्ने आयोजकको दावी छ । बिराटनगर लगायत काठमाण्डौ र भारतीय कलेजहरुले पनि उक्त एस्पोमा भाग लिने आयोजक सफल सुबेदीले बताए । नेपाल म्युजिक फेस्टिवलको सहकार्यमा उक्त एस्पो गरिन लागेको र बिराटनगरमा आहिले सम्म कै ठुलो एस्पो हुने सुबेदी बताउछन  । "कक्षा १२ र एसएलसी दिएर बसेका विद्याथीहरुलाई यस्ता एस्पोले भबिस्यमा कुन बिषय कहाँ पढ्ने बारे थाहा हुन्छ " यस एस्पोका प्रोजेक्ट डाइरेक्टर कल्याण अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्