विराटनगर उपमहानगरपालिकाले फोहोरमैलाको उचित व्यवस्थापन नगर्दा नगरवासी हैरान

विराटनगर उपमहानगरपालिकाले फोहोरमैलाको उचित व्यवस्थापन नगर्दा नगरवासी हैरान

बिनु तिम्सिना
चैत १३, विराटनगर
विराटनगर उपमहानगरपालिकाका  लागि फोहोर व्यवस्थापन चुनौतिका रुपमा रहदै आएको छ । उपनगरपालिकाले फोहोर मैलाको उचित व्यवस्थापन गर्न नसक्दा नगरवासीले हैरानी खेप्दै आएका छन् । तर सोमवार नगरको फोहोर व्यवस्थापनका लागि विराटनगर उपमहानगरपालिकाले वेष्ट मेनेजमेन्ट ग्रुप नेपाल प्रा.लि. र जेवीप्रालि काठमाडौसँग एक सम्झौता गरेकाले समस्या समाधान हुने कुरामा स्थानीयवासी आशावादी देखिएका छन् । लामो समयदेखि विराटनगरमा फोहोरको समुचित व्यवस्थापन हुन नसक्दा नगर नै दुर्गन्धित बनेको छ । फोहोर व्यवस्थापनको ठेक्का पाएको साझेदार संस्था स्वास्थ्य र शान्तीका लागि वातावरण नेपालले नगरको फोहोर व्यवस्थापन गर्न नसक्दा नगर दुर्गन्दित बनेको हो ।
यता विराटनागर उपमहानगरपालिकाले भने नयाँ साझेदार संस्थासंग फोहोर व्यवस्थापनको सम्झौता भइसकेकाले अब नगरको फोहोरको समस्या समाधान हुने दावी गरेको छ ।

 

उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले नया संस्थासंग सम्झौता भएसंगै नगरको फोहोर व्यवस्थापनको समाधान हुने बताउनुभयो । यता साझेदार संस्थाका संयोजक टिकाराम दाहालले नगरको फोहोरको उचित व्यवस्थापन मात्रै नभएर फाहोरबाट बायो ग्यास प्लान्ट समेत निर्माण गर्ने योजनाका साथ आफुहरु आएको बताउनुभयो । उहाले भन्नुभयो फोहोर व्यवस्थापनका लागि जनस्तरसम्म पुगेर जनचेतना जगाउनेदेखि वायो ग्याँस निकाल्ने र समुदाय मै हस्तान्तरण गर्ने सम्मका योजनाका साथ हामि विराटनगर आएका हौ । फोहोर व्यवस्थापनका लागि ३२ जना कर्मचारी र वार्षिक एक करोड ३६ लाख रुपैया नगरपालिकाले साझेदार संस्थालाई दिने जनाइएको छ । विराटनगर नगर क्षेत्र भित्र दैनिक एक सय अठासी मेट्रिक टन फोहोर निस्कन्छ हुन्छ । यसमा औषधी जन्य र कृषि जन्य फोहोर वाहेक एक सय उन्चालीस मेट्रिक टन फोहोर दैनिक रुपमा संकलन गर्नुपर्ने छ । साझेदार कम्पनीले भनेजस्तो फोहोरको उचित व्यवस्थापन हुने हो या पहिलेकै संस्थाले जस्तो झारा टार्ने मात्र काम हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्