बिहारमा मदिरा बन्द भएपछि बिराटनगरका होटलमा भारतीयको भिड

बिहारमा मदिरा बन्द भएपछि बिराटनगरका होटलमा भारतीयको भिड

बिराटनगर बैशाख १४  , भारतको बिहार राज्यमा मदिराको बिक्रीवितरण बन्द भएपछि भारतीयहरु सिमा जोडिएको बिराटनगर मदिरा सेवनको लागि आउन थालेका छन । बिराटनगर रानी एरियामा रात पर्नसाथ भारतीयहरु नेपाल प्रवेश गरि होटलमा भिड बढ्दै गएको स्थानीय बताउँछन् । उनिहरु जोगबनीमा ६ बजे आउने रेलबाट बिराटनगर आउने र राति १० बजे तिर फर्कने गरेका छन ।

विराटनगरको रानी, मोरङको रंगेली, बुधनगर, झापाको कुखरखोद, काकडभिट्टा, भद्रपुर, केचना र सुनसरीको देवानगञ्ज जस्ता सीमाका नेपाली बजारमा रक्सी सेवन गर्न आउने भारतीयको निकै चहल पहल बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्