दुई पत्रकारलाई सम्मान

<span class='c1'> दुई पत्रकारलाई</span> <span class='c2'>सम्मान</span>

१४ वैशाख, उर्लाबारी
मोरङ जिल्लामा रहेर पत्रकारिता गर्दै आएका दुई जना पत्रकारलाई सम्मान् गरीएको छ ।
मंगलबार मोरङको बेलबारीमा नेपाल प्रेस युनियन, मोरङले आयोजना गरेको सम्मान कार्यक्रमबाट युनियनमा आबद्ध उनिहरुलाई सम्मान् गरेको हो । स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्मृति दिवसको अवसर पारेर प्रत्येक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार भोजराज बस्नेत र तारा आर्चायलाई सम्मान् गरीएको छ । पत्रकार बस्नेत संयन्त्र साप्ताहिक र आर्चाय न्यूज २४ मा आबद्ध छन् ।
सम्मानितहरुलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथ सम्मान गरिएको थियो । यस किसिमको सम्मानबाट पत्रकारितामा अझ सक्रिय रुपमा लाग्न प्रेरणा मिलेको सम्मानित पत्रकार बस्नेतले बताए । यस अघि विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका उनले भने, आजको यस सम्मान्ले पत्रकारितामा सशक्त रुपमा लाग्न प्रेरणा मिल्नूका साथै थप हौसाला प्रदान गरेको छ ।
नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल प्रमुख अतिथि रहेको कार्यक्रममा मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू र सांसद अमृत अर्याल विशिष्ट अतिथि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्