बिराटनगरबाट ६ किलो गाँजासहित एक पक्राउ

<span class='c1'>बिराटनगरबाट ६ किलो</span> <span class='c2'>गाँजासहित एक पक्राउ</span>

मोरङ, बैशाख १५
मोरङको बिराटनगर १९ बाट प्रहरीले ६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनकुटा छिन्ताङ ४ साकेन्वा बस्ने ३२ वर्षिय चक्र बहादुर राई रहेका छन्।
राईलाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक जागेश्वर भण्डारीको नेतृत्वमा खटिएको मोवाइल टोलीले राती साढे आठ बजे बिराटनगर १९ स्थित सुँडि बस्तीबाट पक्राउ गरेको हो।
को ११ प ५९२७ नम्बरको मोटरसाइकलमा सवार उनले पछाडी बोकेको झोला चेकजाँच गर्दा प्लाष्टिकमा प्याक गरिएको अवस्थामा एक\एक किलोका ६ पोका गाँजा बरामद भएको थियो।
पक्राउ परेका व्यक्तिलाई अनुसन्धान एव कारवाहीकालागी इप्रका रानीमा राखीएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्