तमलोपा पार्टीको महाधिवेशन असार पहिलो साता हुने

<span class='c1'>तमलोपा पार्टीको महाधिवेशन असार</span> <span class='c2'>पहिलो साता हुने</span>

बिराटनगर वैशाख १५ , महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन असारको पहिलो साता गर्ने तयारी सुरु भएको छ।

पार्टी स्थापना भएको सात वर्षसम्मपनि महाधिवेशन गर्न नसकेको सो पार्टीले पहिलो पटक असार पहिलो साता भित्रै महाधिवेशन गर्ने गरी तयारी सुरु गरेको हो। 'त्यसका लागि वैशाख १८–१९ गते पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक बोलाइएको छ,' केन्द्रीय सदस्य सुरेश मण्डलले भने, 'सम्भवतः असारको पहिलो साता नै महाधिवेसन सम्पन्न गर्ने गरी तयारी भइरहेको छ ।'

अन्य तराई–मधेस केन्द्रित दलले पुर्वी तराईमा गरे पनि तमलोपाले भने पश्चिम तराईको कुनै एक क्षेत्रमा महाधिवेसन सम्पन्न गर्ने गरी सर्वेक्षण गरेको छ । नवलपरासीको परासीबजारमा महाधिवेसन स्थल प्रस्ताव भएपछि त्यसको बारेमा विस्तृत जानकारी लिन उपाध्यक्ष हृदयेश त्रिपाठी यतिखेर नवलपरासी पुगेका छन्। आगमी असारको ६,७ र ८ गते महाधिवेसन गर्ने प्रारम्भिक प्रस्ताव पेश भएको नेता मण्डलले बताए । तर, त्यसको औपचारिक निर्णय भने जनकपुरमा बस्ने केन्द्रीय समितिको पूर्ण बैठकले गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्