बिराटनगर बसपार्कलाई अत्याधुनिक बनाइने

<span class='c1'>बिराटनगर बसपार्कलाई</span> <span class='c2'>अत्याधुनिक बनाइने</span>

विराटनगर,  वैशाख १६ । विराटनगर उपमहानगरपालिकाले बिराटनगर बसपार्कलाई अत्याधुनिक बनाउने भएको छ । विराटनगर उपमहानगरपालिकाका कार्यकारी प्रमुख गोपाल रेग्मीका अनुसार नगर विकास कोषको १४ करोड ऋण सहयोगमा बसपार्क बनाउन लागिएको हो । २० वर्षमा चुक्ता हुने गरी पाँच प्रतिशतको ब्याज दरमा ऋण लिन लागिएको हो । ऋणको सम्झौता यसै साताभित्रमा हुने कार्यकारी प्रमुख रेग्मीले बताए ।
यसअघि पनि बसपार्क निर्माणको कार्य बारम्बार सम्झौता गर्ने बेलामा रोकिएको थियो । त्यस बेला बहुउद्देश्यीय तीनतले भवनसहितको बसपार्क निर्माण गर्ने योजना थियो । त्यसका लागि नगर विकास कोषसँग २२ करोड ऋण माग गरिएको थियो । तर, पछि नगर विकास कोषले ऋण दिन नमान्दा अन्तिम समयमा आएर योजना त्यसै थन्किएको थियो ।
पहिलेको डिजाइन तीनतले बसपार्क र त्यसको चारैतिर १ सय ३० वटा सटर निर्माण गर्ने योजनासहितको थियो । कार्यकारी प्रमुख रेग्मी भन्छन्– बसपार्कलाई कम र सटर निर्माणलाई बढी महत्व दिइयो भन्दै नगर विकास कोषले ऋण दिन मानेको थिएन । त्यसपछि हामीले बजेट घटाउनुका साथै डिजाइन पनि पूरै अर्को बनाएर ऋणका लागि प्रस्ताव पेस ग¥यौ । अनि मात्र नगर विकास कोष ऋण दिन राजी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्