सङ्घीय समाजबादी फोरम सहितको २७ दलिय सङ्घीय गठबन्धनले बुझायो ज्ञापनपत्र

सङ्घीय समाजबादी फोरम सहितको २७ दलिय सङ्घीय गठबन्धनले बुझायो ज्ञापनपत्र

बिराटनगर बैशाख १६ , सङ्घीय समाजबादी फोरम सहितको २७ दलिय सङ्घीय गठबन्धनले मोरङमा व्यापक जनसहभागिता सहित ज्ञापन बुझाएको छ । जिल्ला प्रशासन कार्यालय बिराटनगर मार्फत सरकारलाई संघीय गठबन्धन मोरङको २६ बुदे मागसहित पत्र बुझाएका हुन । २६ बुदेमा सरकार सङ्ग भएका सहमति, सम्झौताहरु कार्यान्वयन गराउन स्वाधीनता, रास्त्ट्रीयता र एकता लाई मजबुत पार्दै बिभेदरहित धर्म निरपेक्ष र पहिचान सहितको समानुपातिक समाबेशि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संबैधानिक रूपमा ब्यस्थित गर्न संविधान पुनर्लेखनका लागि मधेस आन्दोलन , आदिवासी जनजाति एबम प्रादेशिक आन्दोलन लाई अझ सशक्त आन्दोलन गर्ने गठबन्धन ले जनाएको छ । सन्सारीमाईस्थानमा सयौ भेला भएका गठबन्धनका नेताहरु सरकारका विरुद नारावाजी गर्दै प्रसाशनमा ज्ञापनपत्र बुझाएको संघीय समाजबादी फोरम मोरङ का सचिव राछामी किराँती बताएका छ्न ।

--

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्