बिराटनगर बैशाख १६
इटहरी स्थित कल्पवृक्ष वचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नोवेल अस्पताल विराटनगरको प्राविधिक सहयोगमा वुधवार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा एक हजार भन्दा वढि विरामीले सेवा लिएका थिए । नोबेल अस्पतालले यस अघि पनि बिभिन्न जिल्लामा पुगेर निशुल्क शिविर संचालन गर्दै आएको अस्पतालका प्रवन्धक नारायण प्रसाद दाहालले बताउनु भयो ।