बिराटनगरमा गर्ल्स इन आइसीटी डे भव्यताका साथ मनाइयो

बिराटनगरमा गर्ल्स इन आइसीटी डे भव्यताका साथ मनाइयो

बिनु तिम्सिना

बिराटनगर  बैशाख १६ ,
आज सुचना प्रविधिमा महिला सहभागिताको अन्तराष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ  ।
यहि अवसरमा क्यान मोरङले समेत विराटनगरमा सुचना प्रविधिमा महिला सहभागिता विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सुचना प्रविधिमा महिलाहरुलाइ अग्रसर बनाउने उद्देश्यले कार्यक्रमकोgirlsa in आयोजना गरिएको क्यान फेडेरेसन नेपालकी सचिव सुनैना पाण्डे जानकारी दिनुभयो । कार्यक्रममा नेशनल इन्फरमेटिक कर्पाेरेसन एनआइटीसीका प्रमुख प्रणिता उपाध्यायले सुचना प्रविधिमा महिलाहरुको सहभागिता विषयमा अनलाइन कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रविधि विज्ञ समितिा थापा, क्यान मोरङका निर्मल तामाङ लगायतले अहिलेको समयमा सुचनाप्रविधिको क्षेत्रमा धेरै नै अवसरहरु भएकाले महिलाहरुलाइ यस क्षेत्रतर्फ आकर्षीत गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा एक सय भन्दा बढी आइटी अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । सन् २०१० देखि अन्तराष्ट्रिय स्तरमा मनाउन सुरु गरिएको यो दिवस नेपालमा यसै वर्ष देखि मनाउन थालिएको क्यान मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्