विराटनगर १६ बैसाख
विराटनगरको नमस्कार होटलमा यही शनिबार कोशी अञ्चलमा रहेका मोडललिङ्ग क्षेत्रमा लागेका १० जना युवतीहरु फेशन शोको ¥याम्पमा उत्रदैछन् ।
विगत लामो समय देखी अन्य प्रतिसप्रधी ईभेन्ट भएता पनि फेशन सो नभईरहेको बेला यति बेला विराटनगरमा ‘फेसनोभा’ नाम दिएर फेशन शोको गर्न लागिएको छ । पूर्व मिस नेपाल ईभाना मानन्धरको उपस्थितमा बिहीबार विराटनगरको नमस्कार होटलमा पत्रकार सम्मेलनको आयोजना गरी आंउदो शनिबार फेशन सो हुने बारे सम्पूर्ण तयारी पुरा भएको आयोजक समितिका युुनेशराज श्रेष्ठले पत्रकारहरुलाई जानकारी गराए ।
होटल नमस्कार र करिज्यमेटिक एड्भान्टेज एडरभाईजिङको संयुक्त आयोजनामा हुन लागेको फेशन शो विराटनगर बासी मात्र नभएर धरान ईटहरी पुर्वी दमक, विर्तामोडबाट पनि फेशन शोका पारखीहरु आउने तयारी रहेका छन् ।
खास गरी मोफसलमा रहेका मोडलहरुलाई व्यावसायिक बनाउनको लागी तथा आगामी मिस नेपालमा पनि सभागीता जनाउन सक्ने वातावरण मिल्ने उद्धेस्यले यस्तो कार्यक्रम आयोजना गर्नु उपयुक्त रहेको पूर्व मिस नेपाल ईभाना मानन्धरले पत्रकार सम्मेलनमा जानकारी दिईन् ।
फेशन शोमा पुर्वेली सुपर मोडल पूर्व विजेताहरु रेष्मा घिमिरे, सुम्नीमा खापुङ्ग लिम्बु, आस्ना कोईराला, गरिमा श्रेष्ठ, अम्विका प्रधान, रिया आर्चाय, फरिस्ता नेपाल, कामना भुजेल, अनुपमा बास्तोला, लगायत फेशेन शोको ¥याम्पमा विभिन्न पहिरानमा उत्रने भएका छन् ।
फेसनोभा २०१६ लाई युवा पुस्ताको ढुकढुकीको माझमा बस्न सफलभएका काठमान्डौबाट आउदैछन् संजय गुप्ता साथमा उनलाई सहयोग गर्ने छिन् आशीन सिटौलालले । साथै चर्चित डिजाईनर मनिस राईले समर कलेक्सनका साथ स्टाईल एड्भाईजरको पहिरान प्रर्दशन गर्ने भएका छन् ।