चोरी मुद्दाका फरार एक बिराटनगरबाट पक्राउ

<span class='c1'>चोरी मुद्दाका फरार</span> <span class='c2'>एक बिराटनगरबाट पक्राउ</span>

बिराटनगर, बैशाख १६

अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने सिलसिलामा क्षेत्रीय अनसन्धान समुहले चोरी मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ बुधनगर गाविस ६ का रुपेश कुमार यादव रहेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक कृष्ण पगेनीले बताउनु भयो।

यादवलाई क्षेत्रीय अनुसन्धान समुहबाट खटिएको टोलीले बिशेष सुराकी परिचालन गरी बिराटनगर ९ बाट पक्राउ गरेको हो।

यादव उपर सम्मानित जिल्ला अदालत मोरङले मिति २०७१।१।२९ गते चोरी मुद्दामा एक महिना कैद तथा एक लाख असी हजार जरिवाना फैसला गरेको थियो। फैसला संगै उनी फरार थिए।

पक्राउ परेका यादवलाई आजै सम्मानित जिल्ला अदालत मोरङमा उपस्थित गराई तोकिएको कैद सजाय भुक्तानकालागी मोरङ कारागार पठाईएको प्रनाउ पगेनीले जनाउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्