हिमालय दर्शन कलेजमा वार्षिक उत्सव

हिमालय दर्शन कलेजमा वार्षिक उत्सव

विराटनगर ÷ विराटनगर – १४ मा रहेको हिमालय दर्शन कलेजले आफ्नो  तेस्रो वार्षिक उत्सव सम्पन्न गरेको छ ।
कलेजकोे प्राङगणमा शनिबार विविद्य कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो । कलेजले बार्षिक खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । त्रिविले लिएको परीक्षामा कलेज प्रथम हुने विविएस दोस्रो वर्षका विद्यार्थी छात्र तर्फ विक्रम मन्डल तथा छात्रातर्फ सरस्वति दास र दोस्रो हुने सस्मीता दाहाललाई पुरस्कृत गरेको थियो साथै कलेजमा भएको बार्षिक परीक्षामा उत्कृट हुने विद्याथीहरुलाई समेत पुरुसकृत गरेको थियो । विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायतको विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा. घनश्याम लाल दास, नुप्का मोरङका अध्यक्ष तिर्थराज घिमिरे मुख्य निर्देशक शैलेन्द्रराज शिवाकोटी, निर्देशकहरु शंकर भट्टराई, वेदप्रसाद संग्रौला र भिम पराजुली, कलेजका प्रार्चाय भरत सापकोटा लगायतले बोलेका थिए । कलेजका अध्यक्ष भेषराज शर्माको सभापतित्वमा वार्षिक उत्सव सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्