फोरम लोकतान्त्रिकको प्रथम महाधिवेशन आजदेखि विराटनगरमा शुरु हुँदै

फोरम लोकतान्त्रिकको प्रथम महाधिवेशन आजदेखि विराटनगरमा शुरु हुँदै

विराटनगर, वैशाख २० – मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको प्रथम महाधिवेशन सोमबारदेखि विराटनगरमा शुरु हुँदैछ । विराटनगरको शहिद मैदानमा महाधिवेशनको उद्घाटन हुने प्रचारप्रसार उप समितिले जनाएको छ ।

महाधिवेशनको लागि सहभागी हुन प्रतिनिधि तथा पर्यवेक्षकहरु विराटनगर पुगिसकेका छन् । महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत विभिन्न दलका शीर्ष नेताहरु पनि विराटनगर पुग्दैछन् ।

महाधिवेशले अबको भावी योजना र विकासका मुद्धालाई अघि सार्ने फोरम लोकतान्त्रिकले जनाएको छ । त्यस्तै महाधिवेशनले पार्टीको सांगठनिक ढाँचा समेत परिवर्तन गरी नाम परिवर्तन गर्ने तयारी पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्