फोरम लोकतान्त्रिकको महाधिवेशनमा सहभागी हुने कार्यकर्ता चढेको बस दुर्घटना

फोरम लोकतान्त्रिकको महाधिवेशनमा सहभागी हुने कार्यकर्ता चढेको बस दुर्घटना

विराटनगर वैशाख २० । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेशनमा सहभागी हुने कार्यकर्ता चढेको बस सप्तरीको कञ्चनरुप नगरपालिकामा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

धनगढीबाट विराटनगर गइरहेको ना४ख ९७४६ नम्वरको बस दुर्घटनामा परेको हो ।

घाइतेमध्ये धनगढी नगरपालिका–१६ का विमला चौधरी, रामप्रसाद चौधरी, सिरिया चौधरी र हरिकृष्ण चौधरीको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि विराटनगर लगिएको छ ।

सडकमा हिँडिरहेको गाईलाई बचाउने क्रममा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्