फोरम लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि विराटनगरमा सुरु

फोरम लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि विराटनगरमा सुरु

बिराटनगर बैशाख २०

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि विराटनगरमा सुरु भएको छ ।
स्थानीय शहिद रंगशालामा भइरहेको महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका केन्द्रीय नेता सहित भारतका विभिन्न दलका केन्द्रीय नेताहरुको उपस्थिति छ । महाधिवेशनको उद्घाटन सत्रमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोशियारी लगायतको उपस्थिति छ । तीन दिनसम्म चल्ने महाधिवेशनमा ४२ जिल्लाका पार्टी प्रतिनिधि तथा पर्यवेक्षक गरी ३ हजारको सहभागिता रहने आयोजकले जनाएको छ । उद्घाटन सत्रको समापन पछि आज राति ९ बजेदेखि बन्दसत्र सुरु हुने जनाइएको छ । तीनदिनसम्म चल्ने महाअधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने प्रचार समिति संयोजक डा. सुबोध पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्