“सरकार परिवर्तनको सम्भावना छैन ” – नेता नेपाल

“सरकार परिवर्तनको सम्भावना छैन ” – नेता नेपाल

बिराटनगर बैशाख २०

नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज दिउसो सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले कुनैपनि विषयमा असन्तुष्टि भए बसेर छलफल गर्न सकिने बताउनुभयो । प्रधानमन्त्रीले वार्ताद्वारा समस्या समाधान गर्न चाहेको बताउदै नेता नेपालले कतै गल्ति देखिएमा सच्चाउन प्रधानमन्त्री तयार रहेको दाबी गर्नुभयो । उहाँले मुलुकमा संविधान कार्यान्यवन नै महत्वपूर्ण विषय रहेकाले सरकार परिवर्तन भन्दापनि सवै दलहरुबीच एकता आवश्यक रहेको धारणा प्रकट गर्नुभयो ।

मधेशी जनअधिकार फोरम लोकतान्त्रिककोे प्रथम महाधिवेशनमा सहभागि हुन विराटनगर आउनुभएका नेता नेपालले महाधिवेशनले समेत एकताको सन्देश दिने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्