“वेलायतको संसदमा नेपालको विषयमा छलफल चलेको विषय स्वभाविक लागेन ” -प्रचण्ड

<span class='c1'>“वेलायतको संसदमा नेपालको विषयमा छलफल चलेको</span> <span class='c2'>विषय स्वभाविक लागेन ” -प्रचण्ड</span>

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमति,एकता र सहकार्य अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज दिउँसो सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहांले असन्तुष्ट पक्षहरुका मागलाई सम्बोधन गर्न र मुलुकको चूनौतिहरुको सामना गर्न राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो । सरकार परिवर्तनको विषयमा अहिले कुनै सोचाई नरहेको उल्लेख गर्दै उहांले संविधान कार्यान्यवन र पुर्ननिर्माण तर्फ सबै केन्द्रीत हुनुपर्ने बताउनुभयो । उहांले सरकारको कामको विषयमा समीक्षा हुने उल्लेख गर्दै भोलिदेखि संसदमा विभिन्न विषयमा छलफल हुने बताउनुभयो ।

सञ्चारकर्मीहरुको जिज्ञासामा उहाँले वेलायतको संसदमा नेपालको विषयमा छलफल चलेको विषय आपूलाई स्वभाविक नलागेको भन्दै नेपालको आन्तरिक मामिलामा बोल्नु राम्रो नभएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्