गच्छदार मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको पुनः अध्यक्ष

<span class='c1'>गच्छदार मधेशी जनअधिकार फोरम</span> <span class='c2'>नेपाल लोकतान्त्रिकको पुनः अध्यक्ष</span>

विराटनगर, वैशाख २२ ,  विजयकुमार गच्छदार मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको पुनः अध्यक्ष बनेका छन् । केन्द्रिय समितिको मतदान प्रकृयामा अध्यक्ष पदमा गच्छदारको एक्लो उम्मेदवारी परेपछि निर्विरोध अध्यक्ष बन्ने बाटो खुल्ला भएको हो ।
यस्तै जारी महाधिवेशनले केन्द्रिय समितिको संख्या १ सय ३५ जनाबाट घटाएर ९७ जना बनाएको छ । ९७ सदस्य मध्ये अध्यक्ष र केन्द्रिय सदस्य गरि ४३ पदमा निर्वाचन गर्ने तय भएको छ । अध्यक्ष निर्विरोध निर्वाचित भएपछि ४२ केन्द्रीय सदस्यका लागि ९७ जनाबीच प्रतिश्पर्धा हुदैछ । महासचिव लगायतका मुख्य पद सहित ५४ जना भने अध्यक्षले मनोनय गर्ने पार्टीको विधानमा उल्लेख गरिएको छ । केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेमा अहिलेका स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलम मात्रै चर्चीत छन् । जितेन्द्र नारायण देवले भने दिएको मनोनयन फिर्ता लिएका छन् । २ हजार २ सय ४४ जना प्रतिनिधि सहभागि रहेको महाधिवेशनमा केहीबेर पछि मतदान प्रकृया शुरु हुदै छ । सर्वसहमित भए राती अबेर नै मतपरिणाम सार्वजनिक हुने भन्दै निर्वाचन अधिकृत सुनिल रञ्जन सिंहले भने, सर्वसहमति नभए आजै अबेर भएपनि मतदान प्रकृया अघि बढ्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्