“चलचित्र भन्दा त एड र म्युजिक भिडियो नै सजिलो” – राजन कार्की

<span class='c1'>“चलचित्र भन्दा त एड र म्युजिक</span> <span class='c2'>भिडियो नै सजिलो” – राजन कार्की</span>

बिसं २०४९ साल माघ २७ गते बुवा तेजेन्द्र बहादुर कार्की र माता देव कला कार्कीको कोखबाट जन्म भएको हो राजन कार्कीको । पोखरामा कान्तिपुर मोडल एजेन्सी चलाउदै आएका उनि अहिले निक्कै च र्चामा छन , चर्चाको कारणहो उनले खेलेको नयाँ चलचित्र "छेस्को" । आफुलाई पोर्न स्टार बन्न मन छ भनेर एकाएक च र्चामा आएकी अर्चना पनेरुले अभिनय गरेको कारण पनि चलचित्र चर्चामा आएको छ । यसै चलचित्रबाट मोडल राजन कार्की पनि चलचित्रको पर्दामा नायकको भूमिकामा देखिदैछन । यसै बिषयमा आवर बिराटनगर डट नेटका बिबेक दाहालले उनिसँग गरेको कुराकानी :

 १) तपाईंको जिवनको पहिलो चलचित्र खेल्दैहुनुहुन्छ कस्तो लागिरहेको छ?

एकदम प्रतिक्षामा छु चलचित्र चल्ने दिनको । खुशी पनि छु अनि डर पनि लागेको छ चलचित्रले कस्तो व्यापार गर्ला भनेर ।

 

२) चलचित्र खेल्न सजिलो रहेछ कि एड र म्युजिक भिडियो ?

चलचित्र भन्दा त एड र म्युजिक भिडियो नै सजिलो , झ्याप्प पैसा नि आउने । हाहा...

 

३) आफुलाई प्रोनस्टार बन्ने ईच्छा भएको बताउने अर्चना पनेरुसंग चलचित्र गर्दै हुनुहुन्छ , कस्तो लागिरहेको छ?

म एउटा कलाकार हो त्यसैले सबै सँग काम गर्न उस्तै रमाइलो हुन्छ । वहाँ हाम्रो चलचित्रको नायिका हो , त्यसैले खासै नौलो लागेको छैन ।

 

४)कहिलेबाट लाग्दैछ "छेस्को" ?

"छेस्को" जेष्ठ २१ गतेबाट नेपाल र बाहिर प्रदर्शनमा आउने छ ।

 

५)कस्तो खालको चलचित्र हो "छेस्को" ?

यो एउटा प्रेम कथा हो ।

 

६) यो क्षेत्रमा तपाईंको लगाव कहिलेबाट थियो ?

सानैबाट लगाव थियो तर मैले एसएलसि दिएपछी अझ रुची यस क्षेत्रप्रती बढ्यो ।

 

७) तनहुँको ठिटोलाई काठमाडौमा जम्न कस्तो स्ट्रागल गर्नु पर्यो ?

म पोखरमा कान्तिपुर मोडल एजेन्सी चलाउथे , पछी पोखराबाट काठमान्डौ सारे अफिस , दुख त धेरै गर्नु पर्‍यो नि ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्