बिराटनगरबाट लागुऔषधसहित युवक पक्राउ

<span class='c1'>बिराटनगरबाट लागुऔषधसहित</span> <span class='c2'>युवक पक्राउ</span>

मोरङ, बैशाख २४

मोरङको बिराटनगरबाट बिहिबार लागुऔषधसहित एक युवक पक्राउ परेका छन।

बिराटनगर २१ स्थित भन्सार कार्यालयको २ नम्बर ढाट अगाडीबाट सुनसरी भरौल ३ खोरियाटोल का २४ वर्षिय कैलाश अधिकारीलाई पक्राउ गरिएको हो।

सांझ ६ बजेतिर भारतीय जोगबनी बजारबाट आउदै गरेका अधिकारीलाई लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध जन्य ईन्जेक्सन डाईजेल्याप १३ एम्पुल, एभिल १४ एम्पुल र लुपिजेसिक १२ एम्पुल बरामद भएको थियो।

पक्राउ परेका अधिकारीलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्