विराट गोल्डकप फुटबल प्रतियोगितामा ९ लाख रुपैयाँ फाइदा

विराट गोल्डकप फुटबल प्रतियोगितामा ९ लाख रुपैयाँ फाइदा

विराटनगर बैशाख २४ ,  विराटनगरमा फागुन ६ देखि १५ गतेसम्म भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको आयोजक समितिले ९ लाख रुपैयाँ फाइदा भएको सार्वजनिक गरेको छ ।  विराटनगरमा पत्रकार सम्मेलन गर्दै ९ लाख ११ हजार नाफा भएको जानकारी गराएको छ ।

 

प्रतियोगितामा ७ लाख ७४ हजार ६ सय ६९ रुपैयाँ पुरस्कार, ४४ लाख ११ हजार ३४ रुपैया रेफ्रि भत्ता, १ लाख ३९ हजार रुपैयाँ मञ्च, २ लाख ७ हजार ३ सय ३६ रुपैयाँ मैदान व्यवस्थापन लगायत अन्य गरी ८० लाख ६३ हजार ६ सय ७५ रुपैयाँ खर्च भएको बताएको छ । त्यसैगरी ५३ लाख मुख्य प्रायोजक, ३३ लाख ७० हजार टिकट, १ लाख खेलकुद परिषद, १ लाख ८५ हजार सडक गेट र ५ हजार अन्य गरी ८९ लाख ७४ हजार ७०० सय आम्दानी भएको बताएको छ । गतवर्ष यस प्रतियोगिता आयोजना गर्दा ४ लाख ४१ हजार रुपैयाँ नाफा रहेको समेत जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्