श्रीमान – श्रीमती नै झुन्डिएको अवस्थामा फेला

श्रीमान – श्रीमती नै झुन्डिएको अवस्थामा फेला

बारा , बैशाख २४ -गढीमाई नगरपालिका–१४ डुमरवाना बस्ने ४८ बर्षीय शम्भुप्रसाद रिजाल झुन्डिएर तथा उनकी ४५ बर्षीया श्रीमती दुर्गादेवी रिजाल शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

शम्भुलाई उनकै घरको बलोमा प्लाष्टिकको डोरीको पसो लगाई झुन्डिएको अवस्थामा र दुर्गालाई सुत्ने कोठामा कपडाको टुक्रासहित मृत फेला पारिएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्