एनसेलले सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ कर सरकारलाई बुझायो

<span class='c1'>एनसेलले सरकारलाई ९ अर्ब ९६ करोड</span> <span class='c2'>९५ लाख रुपैयाँ कर सरकारलाई बुझायो</span>

२६ वैशाख, काठमाडौं । एनसेलले सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ पुँजीगत लाभकर सरकारलाई बुझाएको छ । एनसेलले आइतबार ठूला करदाताको कार्यालयमा कर बुझाएको हो ।

एनसेलले ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार चालीस रुपैयाँ लाभकर वाफत बुझाएको आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले जानकारी दिए ।

एनसेलले ३९ अर्ब रुपैयाँ तिर्नुपर्ने छ । बाँकी रकम पछि तिर्ने उसको प्रतिबद्धता छ ।

लामो समदेखि कर तिर्ने/नतिर्ने विषमा बहस भइरहँदा एनसेलले झण्डै १० अर्ब कर दाखिला गरेको हो ।

कर दाखिला गर्न एनसेलले केहि दिन अघिदेखि नै तयारी गरेको थियो । स्वीडेनको टेलिया कम्पनीले एक्जियटालाई एनसेलको ८० प्रतिशत स्वामित्व एक अर्ब ३६ करोड ५१ लाख डलरमा बेचेको थियो ।

गत अप्रिलमा खरिद प्रक्रिया टुंग्याए पनि कर तिर्न एनसेल तयार भएको थिएन । तर, विभिन्न स्तरको दबाव तथा एक्जियटाको अग्रसरतामा एनसेलले ९ अर्ब बढी पूँजीगत लाभकर तिरेको हो । कर तिर्न सरकारले आइतबारसम्म समयसीमा दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्