कर्मचारी छैन भन्दै बिराटनगर ब्लड बैंकमा रगत जाच नहुदा बिमारी समस्यामा

<span class='c1'>कर्मचारी छैन भन्दै बिराटनगर ब्लड बैंकमा</span> <span class='c2'>रगत जाच नहुदा बिमारी समस्यामा</span>

बिराटनगर बैशाख २७ , बिराटनगर देवकोटा चोकमा रहेको रेडक्रस सोसाईटी मोरंग शाखाको ब्लड बैंकमा समयमा रगत जाँच नहुदा समस्या उत्पन्न हुने गरेको छ । हिजो आइतबार बिभिन्न स्थानमा रक्तदान कार्यक्रमबाट आएको रगत जाँच अझै नहुदा रगतको आवस्यकता परेका बिमारीलाइ समस्या परेको छ ।

बिराटनगरस्थित नोबेल अस्पतालमा ओ-पोजिटिभ रगत आवस्यक परेर बिमारीको आफन्तले ब्लड बैंकमा फोन गर्दा त्यहाँ ब्लड चेक नभएको भन्दै २ बजे पछी मात्र आउन भनिएको थियो । आवर बिराटनगर डट नेटले ब्लड बैंकमा सम्पर्क गर्दा सबै कर्मचारी रक्तदान कार्यक्रममा गएको र चेक गर्न समय लाग्ने सिवानन्द यादवले बताउनू भयो । संकलन भइ आएको रगत परिक्षणमा रक्तसंचार केन्द्रले प्राय समय लगाउने गरेको गूनासो आउने गर्दछ । रगत जस्तो संबेदनशील बिषयमा देखिने गरेको गैर जिम्मेवारीपूर्ण ब्यवस्थापनले गर्दा रगत खोज्न पुग्ने बिमारीका आफन्त आक्रोसित बन्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्