“बिराटनगरलाइ सफा पारेर नै छाड्छौ”

<span class='c1'>“बिराटनगरलाइ सफा पारेर</span> <span class='c2'>नै छाड्छौ”</span>

बिराटनगर बैशाख २७ , बिराटनगर उपमहानगरपालिकारमा वेस्ट मेनेजमेन्ट ग्रुप नेपाल र जेभी को सहकार्यमा आगामी जेठ १ गतेबाट नया व्वस्थापन सहित फोहरमैला व्यस्थापनको काम अगाडी बढ्ने वेस्ट मेनेजमेन्ट ग्रुप नेपालले सोमबार एक कार्यक्रमका बीच बताएको छ । बिराटनगरका युवाहरु संगको अन्तरक्रिया कार्यक्रममा वेस्ट मेनेजमेन्ट ग्रुपले बिराटनगरको फोहरमैला व्यस्थापनको जिम्मा लिएको र बिराटनगर क्षेत्रमा केहि महिना मै सफा सहरको रुपमा बिकसित गर्ने योजना रहेको प्रोजेक्ट का सयोजक डा . ई धुर्व भट्टले बताउनुभयो ।

"केहि महिनामा नै बिराटनगर परिवर्तन भएको देख्न सक्नु हुनेछ , ढुक्क हुनुहोस् " भट्टले युवाहरुलाई बताए । यस्तै अभियानता तथा यस प्रोजेक्टकि आशा लामाले  बिगत भन्दा फरक तरिकाले काम गर्ने र हरेक सफाई कर्मचारी देखि लिएर नगरका सबै नागरिकलाइ सरसफाई समन्धी जागरण गरेर काम गर्ने बताउनुभयो । फोहरमैला व्यस्थापनका लागि बिराटनगरका प्रत्येक घरले मासिक १०० रुपैया तिर्नु पर्ने छ ।   कार्यक्रममा उपस्थित युवाहरुले बिराटनगरलाइ सफा राख्न राम्रो काम गरे सधै सहयोग गर्ने तर बिगतका प्रोजेक्ट जस्तै काम गरे साथ नदिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्