ओखलढुङा, बैशाख २९ गते : ओखलढुंङाको च्यानम गाविसमा मंगलबार चट्याङ लागेर ६ वर्षिया एक बालिकाको मृत्यु भएको छ ।
मंगलबार अपरान्ह वर्षासंगै खसेको चट्याङबाट घरमै बसीरहेकी च्यानम गाविस १ बस्ने हर्क बहादुर राईको छोरी अनिता राईको उपचारका क्रममा सदरमुकामस्थित मिशन अस्पतालमा राती २१;३० बजे मृत्यु भएको हो ।
चट्याङ लागेर सोही गाविस ३ का ६३ वर्षिय नर बहादुर कटुवाल घाइते भएका छन् । उनको मिसन अस्पतालमा उपचार उपचार भइरहेको छ।