विराटनगर मुलुककै पहिलो वालमैत्री उपमहानगरपालिका

<span class='c1'>विराटनगर मुलुककै पहिलो</span> <span class='c2'>वालमैत्री उपमहानगरपालिका</span>

[caption id="attachment_21191" align="alignright" width="355"]13220117_1058796090841442_1868822448_n फोटो फिचर-प्रेम देवान[/caption]

विराटनगर, वैशाख ३१
विराटनगर उपमहानगरपालिका आज बालमैत्री तथा पुर्णखोप नगरपालिका घोषणा भव्य रुपमा सम्पन्न गरेको छ । उपप्रधानमन्त्री एंव स्थानीय विकासमन्त्री कमल थापाले एक कार्यक्रमकाबीच विराटनगर उपहानगरपालिकालाई बालमैत्री नगरको घोषणा गरेका हुन्। विराटनगर मुलुककै पहिलो वालमैत्री उपमहानगरपालिका भएको छ। बालमैत्री घोषणा कार्य्विधि अनुसार विभिन्न ३९ वटा सुचक पार गरेपछी विराटनगर उपमहानगरपालिका मुलुककै पहिलो वालमैत्री घोषणा गरिएको हो ।

बालमैत्री नगर घोषणा गर्दै उपप्रधाानमन्त्री थापाले विराटनगर उपमहानगरपालिका जस्तै अन्य नगरपालका तथा गाँउ विकास समितिलाई बालमैत्री बनाउने अभियानमा नेपाल सरकार लागिरहेको बताए । उनले बालमैत्री नगर घोषणा भई सकेकाले व्यवहार समेत बालमैत्री बनाउन आग्रह गरे। कार्यक्रममा वोल्दै विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले बालमैत्री नगर घोषणा भइसकेकाले यसको सफल कार्यान्वयनका लागी सवै मिलेर अघि वढनुपर्ने बताए ।
युनिसेफ, प्लान नेपाल तथा विराटनगर उपमहानगरपालिकाको सहयोगमा उपमहानगरपालिकालाइ वालमैत्री बनाउन २०६६ साल देखी नै वालमैत्री बनाउने अभियान लागेका थिए ।

उपप्रधानमन्त्री कमल थापा तथा उपमहानगरपालिकाका कार्यकारी अधिकृत रेग्मी तथा विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले वालमैत्री नगरको प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् । विराटनगरको वीरेन्द्र सभागृहमाम भएको घोषणा कार्यक्रम अघि दुई दर्जन संघसंस्थाहरुले झाँकी सहति र्याली निकालेका थिए ।

बालश्रमिकको संख्यालाई पनि केहिवर्ष भित्र उपमहानगरपालिकाले शुन्यमा लैजाने धिमालले बताए । कार्यक्रममा एमाले मोरंङ अध्यक्ष महेश रेग्मी , जिल्ला जनस्वास्थ्य प्रमुख भानु याङदेङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
दबघिबालमैत्री घोषणा कार्यक्रम सहिद रंगाशालामा हुने भनिएपनि बर्षातको कारण स्थानीय वीरेन्द्र सभागृहमा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्