मोर्डन एरामा वर्षै पिच्छे हुने कार्यक्रम सुरु

<span class='c1'>मोर्डन एरामा वर्षै पिच्छे</span> <span class='c2'>हुने कार्यक्रम सुरु</span>

विराटनगर, १ जेठ
विराटनगरको आयल निगम छेउमा रहेको मोडर्न एरा स्कुलमा वर्षभरी नै विभिन्न कार्यक्रम राखिएको छ । स्कुलमा अध्ययरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने र उनीहरुको व्यक्तित्व विकास गर्ने उद्दयले स्कुलले विभिन्न कार्यक्रम राखेको हो ।
त्यही अनुरुप पहिलो खण्ड अन्तर्गतको कार्यक्रम स्कुलका अध्यक्ष राम कुमार श्रेष्ठले उद्घाटन गरी शुभराभ्भ गर्नुभएको छ ।
पहिलो खण्ड अन्तर्गतको शुक्रबार टेबल टेनिस र स्पेलिंग कन्टेस्टसको छनौट चरणको कार्यक्रम सम्पन्न भएको स्कुलका कार्यकारी निर्देशक इन्द्र राईले जानकारी दिनुभयो । टेबल टेनिसमा प्रत्येक हाउसबाट १०÷१० जना छनौट भएका छन् । त्यस्तै सिनियर तथा जुनियरका ८० जना छनौट भएका छन् । त्यस्तै स्पेलिंङ्ग कन्टेस्टमा १२ जना छनौट भएको स्कुलले जनाएको छ ।

स्कुलले ‘मोडर्न एरा दर्पण’ नामको भित्ते पत्रिका समेत विमोचन गरेको छ । स्कुलले विद्यार्थीहरुको लेख, रचनालाई समावेश गराउने उद्देश्यले पत्रिका निकालिएको स्कुलका प्रिन्सिपल राम घीमिरेले जानकारी दिनुभयो । पत्रिकाको विमोचन स्कुलका अध्यक्ष राम कुमार श्रेष्ठ, संस्थापक निर्देशक ईन्द्र राई, स्कुलका प्रिन्सिपल राम घीमिरे र पत्रकार अनिल श्रेष्ठले संयुक्त रुपमा विमोचन गर्नुभयो ।

सोही अवसरमा स्कुललले कक्षा सात देखि दश सम्म बिद्यार्थीहरुले २०७३ को क्याप्टेन चुनेका छन् । स्कुलले लोकतान्त्री विधि अपनाएर गोप्य मतदानको प्रक्रिया बाट क्याप्टेन चुनेका हुन । स्कुल क्याप्टेनमा सुजन सुबेदी, भाइस स्कुल क्याप्टेनमा सम्पदा दाहाल निर्वाचित भएकी छिन् । त्यसैगरी हाउस क्याप्टेनहरुमा ग्रीन हाउसबाट अम्बिता राजबंशी, रेड हाउस बाट आयुष खनाल, ब्लु हाउस बाट बिश्वास खतिवडा बिजयी भएका छन् भने एल्लो हाउस बाट बेन्जिना ढकाल निर्बिरोध निवार्चीत भएकी छिन् ।

त्यसैगरी भाइस हाउस क्याप्टेनमा रेड हाउस बाट निलु रेग्मी, ब्लु हाउस बाट धीरज भण्डारी, एल्लो हाउस बाट बिश्वोजीत ओझा बिजयी भएका छन् भने ग्रीन हाउस बाट सुनैना धमला निर्बिरोध निर्वाचित भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्