आयोजकलाई हराउँदै आर्मीले जित्यो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप

आयोजकलाई हराउँदै आर्मीले जित्यो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप

उर्लाबारी, जेठ ३
आयोजकलाई हराउँदै मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि नेपाल आर्मीले जितेको छ। सोमबार उर्लाबारीमा भएको फाइनलमा आयोजक आयोजक मदन भण्डारी स्पोट्रस एकेडेमीलाई २-१ले हराउँदै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो। आर्मीको जितमा नवयुग श्रेष्ठले दुबै गोल गरे। आयोजकका सन्तोष न्यौपानेले गोल फर्काए पनि हारबाट बचाउन सकेनन्। विजेता आर्मीले नगद २ लाख २ हजार २ सय पायो। उपविजेतामा समिति आयोजकले १ लाख १ हजार १ सय रुपैयाँसहित ट्रफी र मेडल हात पारेको छ। उर्लाबारी ६ को सालबारी रंगशालामा उपस्थित १०सौं हजार दर्शक माझ भएको फाइनल खेलमा आर्मी क्लवका नवयुग श्रेष्ठ नायक बने । स्ट्राइकर भरत खवासको अभावमा पनि नवयुगले टिमका लागि २ गोलको योगदान गर्दै आर्मीलाई उपाधि दिलाए । पहिलो पटक मदन भण्डारी स्मृति गोल्ड कपमा सहभागी भएको त्रिभुवन आर्मीको जितका लागि खेलको २९ औं मिनेटमा मध्यभागबाट बिमल रानाले दिएको पासलाई सदुपयोग गर्दै नवयुगले पहिलो गोल गरे। भूटानको बीआरसी फ्रेण्ड्स क्लबसँग भएको सेमीफाइनल खेलमा रातो कार्ड पाएर मैदान बाहिर रहेका कप्तान भरत खवासको अभाव आर्मी टिमलाई बारम्बार खट्किएको थियो। भरतको स्थानमा रहेका स्ट्राइगर बिमल राना र नवयुग श्रेष्ठले बेलाबेला तालमेल पूर्ण खेल पस्किन नसकेपनि आयोजकले त्यसको फाइदा उठाउन सकेन। आर्मी बिरुद्ध पहिलो हाफको इन्जुरी समयमा कर्ण लिम्बूको पासमा आयोजक टिमका कप्तान सन्तोष न्यौपानेले गोल गरे। पूर्वाद्धमा १/१ गोलको बराबरी भएपनि खेलको ६२ औं मिनेटमा टेकबहादुर बुढाथोकीको हेडिङ पासमा नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई उपाधि नजिक पुर्‍याएका थिए। ७९ औं मिनेटमा कर्ण लिम्बूले प्रहार गरेको बल आर्मीको गोल पोष्टमा ठोकिदैं मैदान बाहिर गएको थियो। आजको खेलमा आयोजक टिमका देवेन्द्र तामाङ म्यान अफ द म्याच भए । उपाधि विजेता र उप विजेता टिमलाई एक भब्य समारोहका बीच मदन भण्डारी स्पोट्स एकेडेमीका अध्यक्ष एवं सभासद विनोद श्रेष्ठले परिषदका उपाधि, नगद र प्रमाण पत्र प्रदान गरे। यस्तै प्रतियोगिता भर उत्कृष्ठ खेल खेल्ने उत्कृष्ठ खेलाडीको उपाधि त्रिभुवन आर्मीका नवयुग श्रेष्ठ भए। श्रेष्ठले २५ हजार नगद सहित ट्रफि हात पाप्त गरे। यस्तै, खेल अवधिमा ५ गोल गरेका श्रेष्ठले नै सर्वाधिक गोलकर्ताको उपाधि पनि प्राप्त गर्न सफल भए। उत्कृष्ट गोल रक्षक घोषित हुँदै आर्मीका गंगाराम देउजाले १० हजार रुपैयाँ नगद सहित ट्रफि प्राप्त गरे। यसैगरी उत्कृष्ट फरवार्डको उपाधि आयोजकका दीपक राई, मिड फिल्डरको उपाधि आयोजकका सन्जोक राई, उत्कृष्ट डिफेन्डरको उपाधि आर्मीका दीपक गुरुङ, उदयीमान खेलाडीको उपाधि आयोजकका सन्तोष न्यौपाने र उत्कृष्ठ प्रशिक्षकको उपाधि आर्मीका चुनबहादुर थापालाई प्रदान गरिएको छ। सबै विधाका उत्कृष्ठ खेलाडीलाई १० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्