सहयोग खोज्दै धुर्मुस विराटनगरमा

<span class='c1'>सहयोग खोज्दै</span> <span class='c2'>धुर्मुस विराटनगरमा</span>

विराटनगर, जेठ १४
हाँस्यकलाकार सिताराम कट्टेल धुर्मुस सहयोगी हात खोज्दै पूर्वी नेपालको विराटनगर पुगेका छन् । धुर्मुससुन्तली फाउन्डेशनअन्र्तगत भूकम्प पीडितको घर निर्माणकालागि सहयोग जुटाउँदै उनी विराटनगर पुगेका हुन् । सिन्धुपाल्चोकको मेलम्ची–८ गिरानचौरमा एकीकृत नमुना बस्ती निमार्ण गर्न सहयोग खोज्दै आफू यहाँ आएको उनले बताए । dhurmussuntali1

फाउन्डेशनले गिरानचौरमा पाँच सय १६ जना भूकम्प पीडितको लागि ६५ वटा घर बनाउने काम शुरु गरेको उनले बताए । उनकाअनुसार ६५ वटा घर बनाउन झण्डै पाँच करोड लाग्ने अनुमान छ ।अहिलेसम्म फाउन्डेशनले ७५ लाख रुपैयाँ जम्मा गरिसकेको उनले जानकारी दिए । विराटनगर ठूलो शहर र औद्योगिक क्षेत्र भएकाले पनि रकम उठ्ने अपेक्षा राखेर विराटनगर पुगेको उनको भनाई थियो । गत वर्षको वैशाख १२ गते गएको भूकम्पबाट घरबार बिहिन भएका परिवारलाई घर बनाउने काममा धुर्मुस र सुन्तली लागि परेका छन् । फाउन्डशसनले दशैको घटस्थापनाको दिन भूकम्प पीडितलाई अहिले बन्दै गरेको घर हस्तान्तरण गर्ने जनाएको छ ।

साभार : उज्यालो अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्