रिसर्च मेथोडोलोजी र प्रोपोजल लेखन सम्बन्धि कार्याशाला गोष्ठी सम्पन्न

<span class='c1'>रिसर्च मेथोडोलोजी र प्रोपोजल लेखन</span> <span class='c2'>सम्बन्धि कार्याशाला गोष्ठी सम्पन्न</span>

विराटनगर (जेष्ठ १५, २०७३)
नेपाल मेडिकल भोलिन्टियर सोसाईटीले एक दिने रिसर्च मेथोडोलोजी र प्रोपोजल लेखन सम्बन्धि कार्याशाला गोष्ठी सम्पन्न गरेको छ । पुर्बी नेपालमा वैज्ञानिक स्वास्थ्य अध्ययन-अनुसन्धानमा सहभागिता अझ शसक्त बनाउने हेतुले आयोजित उक्त कार्यशाला गोष्ठीमा ३६ जनाको उपस्थिति थियो । एम ए आर डी, वि एस्सी नर्सिंग, एमबिबिएस, बि एन, बि पी एच, स्टाफ नर्स, वि वि एस अध्ययनरत विधार्थीहरु तथा अनुसन्धानमा रुची हुनेहरुको उपस्थती रहेको उक्त कार्यक्रममा मेडिकल इथिक्स र बिरामीसंग गर्ने संचारकला, रिसर्च र यसको आवश्यकता, रिसर्च मेथोडोलोजी, प्रोपोजल लेखन, वैज्ञानिक अनुसन्धान, रिसर्च सफ्टवेयर आदिको वारेमा तालिम प्रदान गरिएको थियो । सहभागीहरुलाई रिसर्च गर्नु पुर्व चाहिने प्रोपोजल लेखन कलाको अभ्यास गराइएको यस कार्यशालामा अनुसन्धान गर्दा आई पर्ने चुनौती र यसको समाधानको वारेमा पनि तालिम प्रदान गरिएको थियो। नेपाल मेडिकल भोलिन्टियर सोसाईटीले आयोजना गरेको यो दोश्रो कार्यशाला गोष्ठी भएको संस्थाका प्रबन्ध निर्देशक तथा अध्क्षय डा. सूर्य पराजुलीले वताउनुभयो भने आगामी दिनमा अझ बढी अनुसन्धात्मक कार्यशाला गोष्ठी र अनुसन्धानहरु संचालन गरिने बताउनु भयो । विधार्थीलाई अनुसन्धानमा रुची जगाउन यस्ता कार्यक्रम गर्नुपर्नेमा बिर्तामोडवाट आउनु भएकी सहभागी सुदिपा श्रेष्ठले बताउनुभयो। संयोग खतिवडाले संचालन गर्नु भएको कार्यक्रममा नेपाल मेडिकल भोलिन्टियर सोसाईटिका डा. पराजुली, डा. पार्थ गुरागाई, नविन लामिछानेले कार्यक्रमलाई सहजीकरण गर्नुभएको कार्यक्रम कोशी हेल्थ एण्ड साईन्स क्याम्पस विराटनगरमा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्