जेष्ठ नागरीकको अवस्था ब्यवस्थापन गर्न निजी र सरकारी स्तरबाट पहलको आवश्यकता

<span class='c1'>जेष्ठ नागरीकको अवस्था ब्यवस्थापन गर्न निजी</span> <span class='c2'>र सरकारी स्तरबाट पहलको आवश्यकता</span>

विराटनगर- १६ जेठ २०७३,
जेष्ठ नागरीकको अवस्था ब्यवस्थापन गर्न निजी र सरकारी दुवै स्तरबाट पहलको आवश्यकतारहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

नेपाल ग्रामीण विकास समाज केन्द्रले आज विराटनगरमा आयोजना गरेको जेष्ठ नागरीकको अवस्था,व्यवस्थापन सम्बन्धि कार्यशाला गोष्ठिमा बोल्ने वक्तहरुले यस्तो बताएका हुन । एलिट क्लबका अध्यक्ष डाक्टर भेषप्रसाद धमलाले सामाजिक ढांचा परिवर्तन हुंदै गएकाले जेष्ठ नागरीकहरुकालागि समस्या सृजना भएको बताउनुभयो । उहांले सचेतनामुलक कार्यक्रमहरुको आयोजना गरेर नयां पुस्ताको मनस्थिति परिवर्तन गराउन सकिए, अवस्थामा सुधार आउनसक्ने बताउनुभयो । त्यसकालागि प्राबिधिक र सिपमुलक शिक्षाका साथै नैतिक शिक्षामा जोड दिनुपर्ने उहांको भनाई थियो । पुर्व शिक्षा राज्यमन्त्री राधाप्रसाद घिमिरेले जेष्ठ नागरीकको अवस्था ब्यवस्थापन राज्यले मात्र गरेर सम्भव नहुने बताउदै त्यसकालागि जेष्ठ नागरीकलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभयो । समाजसेवी तोरेन्द्रमान सिंह प्रधानले जेष्ठ नागरीकको अवस्था ब्यवस्थापन गर्न निजी क्षेत्रबाट सराहनिय प्रयास भएपनि सरकारीस्तरबाट त्यसो हुन नसकेको धारणा प्रकट गर्नुभयो । नेपाल ग्रामिण विकास समाज केन्द्रका अध्यक्ष मणिकुमार अज्र्यालले सरकारी निकायका भवनहरुलाई जेष्ठ नागरीक मैत्री बनाउन माग गर्दै संचालनमा रहेका बृद्धाश्रम र डे केयर सेन्टरहरुको नियमित अवलोकन गरिनुपर्ने बताउनुभयो । पुर्व प्रशासक रामप्रसाद खतिवडाले सरकारले ५८/६० बर्षमा सरकारी सेवाबाट सेवानिवृति गराइरहेपनि ७० बर्ष पछिमात्र जेष्ठ नागरीक भत्ता दिने नितिलाई परिवर्तन गर्नुपर्ने माग गर्नुभयो । गोष्ठीबाट संकलित सुझावहरुलाई समावेश गरेर विराटनगर घोषणापत्र २०७३ जारी गरिने आयोजक संस्थाका योजना तथा कार्यक्रम अधिकृत राजू श्रेष्ठले जानकारी दिनुभयो । गोष्ठीमा जेष्ठ नागरीक सम्बद्ध विभिन्न संस्थाका पदाधिकारी र सरोकारवाला सहित ८० जनाको सहभागिता थियो । सहभागिलाई प्रकाश पोखरेलले जेष्ठ नागरीको अवस्था ब्यवस्थापन सम्बन्धि प्रशिक्षण दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्