को बन्ला त मिस्टर र मिस एसएलसी २०१६ ??

को बन्ला त मिस्टर र मिस एसएलसी २०१६ ??

बिराटनगर जेठ २१ , एसएलसी दिएर बसेका युवायुवतीलाइ लक्षित गरी पुर्वाञ्चलमा जारी मिस्टर एण्ड मिस एसएलसी कोशीको फाइनल प्रतिस्पर्धा जेठ २२ गते शनिबार बिराटनगरमा हुन गइरहेको छ  ।

जय मिडिया म्यानेजमेन्टको आयोजनामा जारी प्रगियोगिताको प्रशिक्षण कार्यक्रम सम्पन्न भएर फाइनल हुन लागेको जय मिडियाका निर्देशक जय राज रायले आवर बिराटनगर डट नेटलाइ बताउनुभयो  । उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा महानायक राजेश हमाल र कार्यक्रम प्रस्तोताको रुपमा मिस नेपाल २०१० कि विजेता सदिच्छा श्रेष्ठ रहने आयोजकले बताएको छ ।

कार्यक्रम बिराटनगर स्थित होटल नमस्कारमा हुनेछ । प्रतियोगितामा १४ जना प्रतिस्पर्धी मिस्टर एसएलसीको लागि भिड्नेछन् भने १३ जना युवतीहरु मिस एसएलसीक‍ो ताजको लागि भिड्नेछन् । जेठ २२ हुने उक्त कार्यक्रमलाइ मकालु टेलिभिजनले प्रतक्ष्य प्रसारण गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्