पेरीस र कनक बने मिस्टर र मिस एसएलसी कोशी २०१६

<span class='c1'>पेरीस र कनक बने मिस्टर</span> <span class='c2'>र मिस एसएलसी कोशी २०१६</span>

बिराटनगर जेठ २३ , जय मिडिया म्यानेजमेन्टको आयोजनामा सनिबार सम्पन्न मिस्टर र मिस एसएलसी कोशी २०१६ को फाइनलमा मिस्टर एसएलसी पेरीस सुबेदी र मिस एसएलसी कनक बस्नेत बन्न सफल भएका छन् ।

मोरंगको बेलबारी घर भएका पेरिसले बिराटनगर स्थित बाल कल्याण बिद्या मन्दिरबाट एसएलसी दिएका हुन् भने कनकले इडेन स्कुल बिराटनगरबाट एसएलसी दिएकी हुन् । पहिलो रनरअपमा मिस्टर आर्यन सुबेदी र मिस बैशाली मगर घोषित भए  , त्यसैगरी दोस्रो रनरअप मिस्टर उद्धव बानिया र मिस परिता राजबाहक बन्न सफल भएका थिए ।

नेपालका महानायक राजेश हमाल मुख्य अतिथि रहेको कार्यक्रममा फाइनलको विजेताले विराटनगरमा रहेको शिक्षादीप कलेजमा कक्षा १२ सम्म निः शुल्क रुपमा अध्ययन गर्न पाउने भएका छन् । फस्ट रनरअप हुनेले ७५ र सेकेन्ड रनरअप हुनेले  ५० प्रतिशत छात्रवृद्धी रहेको जय मिडियाका निर्देशक जय राज रायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्