स्याङ्जाको वालिङ नगरपालिकाले पहिलो हुँदै ७ लाख र धनकुटा नगरपालिकाले दोस्रो भएर ५ लाख रुपैयाँ पुरस्कार पाएका छन् । करिब आधा दशकयता इलाम नपा हरितनगरका रूपमा विकास भइरहेको छ । यहाँ पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध छ । पोलिथिन नियन्त्रणसँगै नगरपालिका सफा हुँदै गएको नगरपालिकाले जनाएको छ ।