सांस्थम कलेजमा वातावरण दिवसमा भाषण प्रतियोगिता सम्पन्न

<span class='c1'>सांस्थम कलेजमा वातावरण दिवसमा</span> <span class='c2'>भाषण प्रतियोगिता सम्पन्न</span>

बिराटनगर जेठ २३ ,

विश्व वातावरण दिवसका अवसरमा बिराटनगरको सास्थम कलेजमा बोल्ने कला प्रतियोगिता सम्पन्न भएको छ । कलेजका बिबिए र बिएचएमका दोस्रो सेमेस्टरका बिद्यार्थीहरु माझ गरिएको प्रतियोगितामा बिबिएका रसिक गौतम प्रथम , बिबिए कि ऋषिका पोखरेल दोस्रो तथा बिएचएम सुरज सिङ खत्री तेस्रो हुन सफल भएका छन । वातावरणको संरक्षणका लागि युवा पुस्ताले पनि भूमिका खेल्नुपर्छ र वातावरणको संरक्षणको जागरणका निम्ति उक्त प्रतियोगिता आयोजना गरिएको कलेजका बिबिए कार्यक्रम संयोजक प्रविन रिमालले बताउनुभयो  । बिराटनगर उपमहानगरपालिका कार्यकारी अधिकृत गोपाल रेग्मीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा निर्णायकको भूमिकामा बिकल्पका निर्देशक बसन्त अधिकारी र प्राध्यापक सुरज खतिवडा रहनुभएको थियो । विजयी बिद्यार्थीहरुलाई बिभिन्न पुरस्कार वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्