खाली जग्गामा बिद्यालय बाटिका

खाली जग्गामा बिद्यालय बाटिका

सुमन सुस्केरा
विराटनगर, जेष्ठ २४
विराटनगरको सिसवनी बडहरामा रहेको सरस्वती उच्च माध्यामिक बिद्यालयले आफ्नो स्कुलको आर्थिक विकासको लागि खाली जमिनमा बृक्षा रोपण शुरु गरेको छ । स्थानीय श्रृष्टी कृषक समुह मार्फत कागती खेती शुरु गराएको बिद्यालयले यो बर्ष देखि बृक्षारोपाण शुरु गरेको हो ।
वातावरण दिवसको अवसर पारेर काउडेक तथा एमडिएमएसको सहयोगमा स्थानीय कृषक समुहको श्रममा ३५० बिरुवा रोपिएको हो । सिसवनी बडहरा ६ मा रहेको खोला किसानमा बृक्षारोपण गरिएको बिद्यालयका प्राचार्य धनेश कुमार निरौलाले जानकारी दिनुभयो ।
बिद्यालयको जग्गा धेरै रहेको भएपनि बिना उब्जाउ र काम नलाग्ने भएर रहेको खोलाको डिलको चौरलाई आम्दानी हुन सक्ने बनाईएको उहाँको भनाई छ । उहाँका अनुसार कृषक समुहले १२ बर्षको लागि ठेक्कामा लिएको भएपनि त्यो अबधीमा ५ सय बिरुवा रोपेर हुर्काउने सर्त भएको छ । स्थानीय कृषक समुहले बर्षको २० हजार प्रति बिगाहा बिद्यालयलाई कागती रोपे वापतको रकम बिद्यालयलाई बार्षिक रुपमा उपलब्ध गराउनु पर्ने करारनामा भएको बिद्यालयले जनाएको छ ।
खाली जग्गाको सदुपयोग गरी त्यसबाट आम्दानीको श्रोत बढाउनको लागि बिद्यालयले यो कदम चालेको बिद्यालयका प्राचार्य निरौलाको भनाई छ । खाली जमिनलाई उत्पादनमुखी बनाउनको लागि संसद कोषबाट एक लाख ५० हजार स्थानीय संघ संस्थाबाट करिब एक लाख ५० हजार बरावरको सहयोगमा काम थालिएको श्रृष्टी कृषक समुहका अध्यक्ष बुध नारायण सिक्दारले बताउनुभयो । अहिले केही नहुने चौरलाई अबको १२ बर्षमा उत्पादन मुखी बनाएर बिद्यालयलाई हस्तान्तरण गर्ने योजनामा आफुहरु रहेको उहाँको तर्क छ । कृषक समुहको आम्दानी भन्दापनि बिद्यालयमा आफुहरुको छोराछोरी पछि पढ्छन् सिक्दारले भन्नुभयो, बिद्यालयको आयश्रोत बढ्यो भने राम्रो शिक्षक राखेर बिद्यार्थीलाई राम्रो पढाउँथे भन्ने आशा राखेको छु ।’
बिद्यालयको यो अभियानले स्थानीय वल्र्ड भिजन, काउडेक, एमडीएमएस र स्थानीय श्रृष्टी कृषक समहुले सहयोग गर्दै आएका छन् । यी संस्थाहरुले बिद्यालयको यो जग्गालाई बिद्यालय वाटिकाको रुपमा स्थापना गर्ने योजनाका साथ मोरङका जिल्ला शिक्षा अधिकारी देबेन्द्र खनाललाई उपस्थीती गराएर ३५० बिरुवा रोपेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्