कोकाकोला अन्तर विद्यालय फुटवल प्रतियोगितामा मोर्डनएरा र समता स्कुल विजयी

कोकाकोला अन्तर विद्यालय फुटवल प्रतियोगितामा मोर्डनएरा र समता स्कुल विजयी

बिनु तिम्सिना/बिराटनगर,२५ जेष्ठ : विराटनगरमा जारी कोकाकोला अन्तर विद्यालय फुटवल प्रतियोगिता अन्तरगत हिजो भएको दुइ वटा खेलमा मोर्डनएरा बोर्डिङ स्कुल र समता स्कुल विजयी भएका छन् ।

मोरङ जिल्ला फुटबल क्लबको आयोजनामा हिजो विराटनगर रानि स्थित जुटकिलको खेल मैदानमा भएको प्रतियोगिता अन्तरगत पहिलो खेलमा नमुना विद्या मन्दीरलाइ ट्राइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै मोर्डनएरा विजयि भएको हो । निर्धारीत खेल समयमा दुवै समुहबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकर बाट गरिएको थियो । त्यस्तै आजै भएको दोश्रो खेलमा अर्पण इङ्गलीस बोर्डिङ स्कुललाइ २–१ गोल अन्तरले पराजित गर्दै समता स्कुल विजयि भएको हो । प्रतियोगिता अन्तरगतको भोलि हुने पहिलो खेलमा पोखरिया उच्च मावि र सप्तकोशी बोर्डिङ स्कुल तथा दोश्रो खेलमा लर्ड बुद्ध निकेतन र एभरेष्ट बार्डिङ स्कुलका बिच हुने छ ।

प्रतियोगितामा विराटनगर उपमहानगरपालिका भरीका चार वटा सामुदायिक विद्यालय तथा २२ वटा संस्थागत विद्यालयको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्