जेसिजद्वारा बिराटनगरमा स्वास्थ सिविरको आयोजना

जेसिजद्वारा बिराटनगरमा स्वास्थ सिविरको आयोजना

बिराटनगर जेठ २५ ,
बिराटनगर जेसिजको आयोजनामा जेसिज भवनमा स्वास्थ सिविर सम्पन्न भएको छ । न्यु आस्था क्लिनिक सगको सहकार्यमा सम्पन्न उक्त शिविरमा कोशी अञ्चल अस्पतालका फिजिसियन डा. उत्तर कुमार मैनालीद्वारा स्वास्थ जाच गरिएको उक्त शिविरमा निशुल्क रुपमा प्रेसर सुगर ,रगत परिक्षण इसिजी लगायत का जाच गरिएको थियो । बिराटनगर जेसिज कि अध्यक्ष भगवती कालिकोटे का अनुसार उक्त शिविरमा १०० भन्दा बढि बिरामीको स्वास्थ जाच गरिएको र जेसिजको उक्त कार्यबाट सर्वसाधारण खुशी रहेको र भबिस्यमा पनि यस्तै शिविरको अपेक्षा सर्वसाधारणको रहेको बताउनु भयो। बिराटनगर जेसिजका सिद्धार्थ साहको संयोजक्त्वमा सम्पन्न उक्त शिविरमा जाच पश्चात देउराली जनता फार्मास्युटिकलबाट आवश्यकता अनुसार निशुल्क औषधि प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्