“दाजु मरेको पिडा हुदाहुदै दर्शक हँसाएको छु” – पारस थापा

“दाजु मरेको पिडा हुदाहुदै दर्शक हँसाएको छु” – पारस थापा

बिराटनगरका बासिन्दाले पारस थापालाई नचिन्ने कुरै भएन । पारस थापालाई बिराटनगरको कपिल शर्मा भनेर पनि मानिसहरु तुलना गर्छन् । हास्य बिधा र कलाकारीतामा अब्बल उनी बिगत १७ वर्ष देखि यो क्षेत्रमा निरन्तर लागिरहेकाछन । बुवा कुल बहादुर थापा र आमा उर्मिला थापाको कोखबाट बिराटनगरमा जन्मिनुभएका थापाले १००० बढि स्टेज शो गरिसक्नुभएको छ । यसै विषयमा आवर बिराटनगर डट नेटका बिबेक दाहालले उहाँसंग गरेको कुराकानी :

१) मान्छे हँसाउन कहिलेबाट सुरु गर्नुभयो ? 
- म स्कुल पढ्दा देखि नै कक्षामा साथीहरू संग जिस्किन्थे रमाइलो गरेर हँसाउथे , स्टेजमा चाहिँ मैले पढेको स्कुल बिराटनगरको गोग्राह स्कुलमा वार्षिकोत्सवको अवसरमा स्टेजमा आफ्नो प्रस्तुति दिएको थिए । त्यहिबाट यस क्षेत्रमा लगाव बढ्यो । बिराटनगर कै हास्यव्यंग्यकार मनोज खतिवडा दाई लाइ म मेरो प्रेरणाको श्रोतको रुपमा लिन्छु ।

२)स्कुलको त्यो प्रस्तुति पछी अन्य कहाँ कहाँ प्रस्तुति दिन थाल्नुभयो ?

- स्कुलको वार्षिकोत्सवको कार्यक्रम पछी लगभग १ बर्ष मैले त्यस्तो कहिँ केहि गरिन , पछी बिराटनगरको लियो क्लबले बिराटनगरमा "हास्य प्रतियोगिता" आयोजना गरेको थियो , त्यहि प्रतियोगितामा म प्रथम हुन सफल भए । यो सफलतापछी मलाई अझ यस क्षेत्रमा लाग्न प्रेरणा मिल्यो  ।

३) हास्यव्यंग्यको क्षेत्र बाहेक अन्य क्षेत्रमा पनि लाग्नुभयो , के-के गर्नुभयो यो क्षेत्र बाहेक ?

- हास्यव्यंग्यको क्षेत्र मेरो पहिलो प्राथमिकतामा पर्छ , यस क्षेत्र बाहेक मैले बिराटनगरको केहि रेडियोमा कार्यक्रम चलाए , म मार्केटिङको काम पनि गर्छु र आकल्झुकल एनजीओहरुको काम पनि गरिरहेको हुन्छु  ।

४) परिवारमा को-को हुनुहुन्छ ? अनि परिवारबाट कस्तो सहयोग पाउनुभएको छ ?

- परिवारमा म , श्रीमती अनि एउटा छोरी छिन । परिवारबाट मैले पूर्ण रुपमा साथ र सहयोग पाएको छु । श्रीमती जागिरे छिन , साथ सहयोगका साथै  आर्थिक रुपमा पनि उनले मलाई यो क्षेत्रमा टिकिरहन धेरै सहयोग गरेकिछिन ।

५) कहिले पनि लागेन पैसा कमाउन विदेश जानुपर्छ , यहाँ कलाकारिता क्षेत्रमा सम्भावना छैन आर्थिक रुपमा भनेर ?

- अह , कहिले पनि त्यो सोच आएन । मान्छे सन्तुस्ट हुन सक्नुपर्छ । जीवनमा दुख आउछन तर हार मान्नु हुदैन । मलाई बिस्वास छ एकदिन म यहि क्षेत्रमा आफ्नो नाम बनाउन सक्नेछु ।

६) तपाई त राजनीतिक दलका कार्यक्रम , आन्दोलन , सभा सम्मेलनमा पनि कलाकारिता देखाउन जानुहुन्छ , ति राजनीतिक दलका नेताहरुले हेर्दैनन् तपाइलाई ?

- जनआन्दोलन २०६२/६३ मा पनि दैनिक बिराटनगर लगायत पुर्वान्चल धेरै ठाउमा गए , जनता सडकमा हामीलाई सुन्न र हेर्न भनेर पनि आउथे , तर जन आन्दोलन सफल हुनुमा हामि कलाकारको पनि ठुलो हात छ भनेर आजसम्म कोहि कसैले भनेको छैन । अहिले त नेताहरुलाइ भेट्दा समेत बोल्न नी पैसा लाग्छ जस्तो गर्छन  ।

७) नेताहरुकै आवाज निकाल्नु हुन्छ , व्यंग्य गर्नुहुन्छ नेताहरु भेट्दा कस्तो प्रतिक्रिया दिन्छन उनीहरुले ?

- मैले धेरै वर्ष अघि स्व . कृष्ण प्रसाद भट्टराई लाइ भेटेको बेला वहाको आवाजमा क्र्यरिकेचर गर्दा वहाले राम्रो छ , मन पर्यो मलाई भनेर भन्नुभयो । अन्य नेताले नी कार्यक्रम गर्न बोलाउदा राम्रो गर्नुहुन्छ भनेर भन्नुहुन्छ  ।

८) तपाइलाई कहिले पनि लागेन काठमान्डौ गएर आफ्नो प्रतिभा देखाएको भए अझ ख्याती र आर्थिक रुपमा पनि सबल भइथ्यो भनेर ?

- किन बिराटनगरमा समय र प्रतिभा खेर फालेको ? काठमाण्डौ गएर केहि गरेको भए आज पारस थापाको अझ ठुलो नाम हुन्थियो  ।  मलाई भेट्ने , माया गर्ने सबैले मलाई सोध्ने प्रस्न नै यहि हो  ।  म यहि सोचले काठमान्डौ ७ वर्ष अगाडी गए  तर जब म काठमान्डौ जान्थे मलाई बिराटनगरबाट कार्यक्रमको लागि अफर आउने गर्थ्यो , अनि म फेरी बिराटनगर आएर कार्यक्रम गर्थे । बिचमा म काठमान्डौमा नै हुदा मेरो आमा बिमारी पार्नुभयो , अनि म फर्के  । मलाई आफै पनि लाग्छ मैले काठमान्डौ नगएर ठुलो गल्ति गरे , एक कार्यक्रमको लागि शम्भुजीत बास्कोटा बिराटनगर आउनुभएको बेला मलाई उहाले काठमाडौ आएर मलाई भेट्नु भनेर कगजमा ठेगाना र उहाँको नम्बर पनि दिनुभएको थियो तर म गइन ,आज ठुलो गल्ती गरे  जस्तो लाग्छ ।  अब म चाडै नै काठमान्डौ जादैछु , केहि न केहि गर्छु म काठमान्डौ गएर  ।

९) अहिले सम्म स्टेजमा मात्रै कार्यक्रम गर्नुभयो  कि टेलिभिजनमा पनि गर्नुभएको छ ?

- मैले श्रीकृष्ण लुइँटेलको तामागाग्री गितमा अभिनय गरे , त्यस्तै बोके दारी सिरियलमा पनि अभिनय गरेको थिए , नेपाल टेलिभिजनबाट प्रसारण हुने झ्याइँकुटी झ्याइँमा पनि दुइ भाग गरे , भर्खरै बिराटनगर मै छायांकन भएको "सुपर गोर्खे" चलचित्रमा पनि सानो रोलमा खेलेको छु  ।

१०) विभिन्न नेताहरूको आवाज निकाल्नुहुन्छ , यो आवाज निकाल्न कत्तिको मेहनत गर्नुपर्छ र समय कति लाग्छ ?
- पक्कै पनि यो कला भगवानले नै दिएको हुनुपर्छ मलाई । एकदमै मेहनत गर्नुपर्छ आवाज निकाल्न , एकचित्त भएर लाग्नुपर्छ । मलाई शेरवहादुर देउवाको आवाज कपि गर्न डेढ वर्ष लाग्यो । सायद त्यति मेहनत मैले पढाइमा गरेको भए म स्कुलमा प्रथम नै हुन्थे होला । (हा...हा....)

११) सबैलाई हँसाइरहने तपाई , तपाईंको जीवनमा पनि दुखका क्षण आए होलान कुनै बेला याद छ दुख परेको बेला पनि दर्शकलाई स्टेजमा गएर हसाउनु परेको ?
- भर्खरैको कुरा हो मेरो सानिमाको छोरा , मेरो दाइको देहावसान भएको १३ दिन पनि भएको थिएन तर मैले अगाडि नै समय दिएको हुनाले कार्यक्रममा गएर मनमा दाजु मरेको पिडा हुदाहुदै दर्शक हसाउनु परेको थियो । यस्ता क्षण आए पनि एउटा कलाकारले सबै बिर्सेर दर्शकलाई मनोरञ्जन दिन सक्नुले नै कलाकारलाई महान बनाएको हो ।

१२) अहिलेसम्म कहाँकहाँ र कति स्टेज कार्यक्रम गर्नुभयो ?
मैले अहिलेसम्म करिब हजार स्टेज कार्यक्रम गरिसके र मैले नेपालका विभिन्न ठाउँ साथै भारत गएर पनि विभिन्न ठाउँमा कार्यक्रम दिएको छु । मैले फेसबुक चलाउन ढिलो गरेको कारण बिदेशका धेरै कार्यक्रम गर्ने अवसर गुमाए जस्तो लाग्छ त्यसैले अहिले फेसबुक मार्फत आफ्ना कार्यक्रम र प्रस्तुतिको बारे अपडेट गर्छु ।

१३) अहिले सम्म आइपुग्दा कुनै दिन यो सब छोडेर बरु विदेश गएर श्रम बेच्नु पर्छ अब , पैसा कमाउनुपर्छ जस्तो लागेन ? 

-केहि वर्ष अगाडी मलाई कुनै बेला यस्तो लागेको हो , नलागेको हैन तर जीवन भनेकै संघर्ष हो , मलाई बिश्वास छ यहि संघर्षले मलाई एकदिन सफलता सम्म दोहोर्याएर लाने छ । त्यहि भएर मैले आशा अझै मारेको छैन  ।

१३) अहिले देश किन बिग्रिएको जस्तो लाग्छ नी पारस थापालाइ ?

- देश बिग्रनुमा दोष नेता र हामी जनताको पनि छ । तर बिगतको नाकाबन्दीले के जनायो भने नेपाली जनता एकदमै सहन सक्ने रहेछन भन्ने लागेको छ , बरु भोकै बस्ने तर अरुको अगाडी नझुक्ने आट नेपाली जनताले देखाए तर हाम्रा नेता तिनै जनताको बिश्वासमा खेलीरहेका छन् ।

१४) आगामी दिनको योजना के छ तपाइको ?

-म छिट्टै नै काठमान्डौ जान्छु होला । उतै गएर केहि नया गर्ने कोशिस गर्छु  तर बिराटनगरलाइ माया मार्न सक्दिन । यहि रंगमञ्चमा नै तपाइहरुले मलाई देख्न सक्नुहुनेछ यो क्षेत्र छोडेर कहिँ जानेछैन म । यसरी नै दर्शकको माया पाए भने अवस्य सफल हुनेछु भन्ने बिस्वास छ मलाई ।

[caption id="attachment_21788" align="alignnone" width="458"]paras thapa2 तस्बिर : मेलिना फोटो स्टुडियो[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्