एभरेष्ट र सप्तकोशी स्कुल फुटबलमा बिजयी

एभरेष्ट र सप्तकोशी स्कुल  फुटबलमा बिजयी

विराटनगर, २६ जेठ , मोरङ फुटबल संघको आयोजनामा भएको कोककोला अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगितामा विराटनगरमा रहेको एभरेष्ट बोडिङ्ग स्कुल र सप्तकोशी स्कुल विजय भइ दोस्रो चरणमा प्रवेश गरेको छ ।
विराटनगरको जुटमिलको खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा सप्तकोशी स्कूलले पोखरीय उच्च माविलाई १–० को अन्तरले पराजित गर्दै सप्तकोशी दोस्रो चरणमा प्रवेश गरेको हो ।
मंगलबारनै भएको दोस्रो खेलमा एभरेष्ट बोडिङ्ग स्कुलले लर्डबुद्ध निकेतनलाई ४– १ गोलको फराकिलो अन्तरले पराजिगत गरी एभरेष्ट स्कूल दोस्रो चरणमा प्रवेश गरेको हो ।
प्रतियोगिताको भोली बुधबारको खेल विराटनगरमा रहेको डिएभि स्कूल र जिवन विकासबिच प्रतिस्पर्धा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्