नमस्ते झर्नामा क्यानोनिङको मज्जा लिदै युवाहरू

नमस्ते झर्नामा क्यानोनिङको मज्जा लिदै युवाहरू

बिराटनगर जेठ २६ ,

धनकुटाको पर्यटकीय गन्तव्य भएर उदाइरहेको नमस्ते झर्नामा साहसिक खेल क्यानोनीङ सुरु भए यता युवाहरूको भिड निकै बढेको छ । ६० मिटर लामो झर्नामा डोरीमा झुन्डिएर तल झर्ने खेल हो क्यानोनिङ । युवायुवती माज यो खेल निकै लोकप्रिय भइरहेको ब्यवस्थापन समितिले बताएको छ। तामोर रिभर एडभेन्चर धरान र नमस्ते झर्ना व्यवस्थापन समितिको सहकार्यमा उक्त खेल सुरु भएको हो । तराईको गर्मीबाट छुट्कारा लिन नमस्ते झर्ना पुग्ने मानिसहरूको क्रम निरन्तर बढिरहेको समितिले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्