टंकीसिनवारी गोल्डकपमा पुलिस सेमिफाइनल प्रवेश

<span class='c1'>टंकीसिनवारी गोल्डकपमा पुलिस</span> <span class='c2'>सेमिफाइनल प्रवेश</span>

किशोर बुढाथोकी
विराटनगर ः पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी मोरङको टंकीसिनवारीमा जारी दोस्रो टंकीसिनवारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
टंकीसिनवारी स्थित खेलमैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आयोजक टंकीसिनवारी ११ लाई २–१ गोल अन्तरले निराश बनाउँदै पुलिसले प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा गरेको हो । पुलिसको संघर्षपूर्ण जितमा खेम विक र अनिल लिम्बु नायक बने । सुरुवाती ५ औं मिनेटमै गोलको खाता खोलेर लिएको अग्रता जोगाउन नसक्दा आयोजक दर्शकको भारी उत्साह र समर्थनलाई निराशामा परिणत गर्दै नतिजा विपक्षीलाई सुम्पिएर प्रतियोगिताबाट बाहिरियो ।
अन्तिम समयमा आएर आपसी तालमेल विग्रिएर खेलाडी सम्हालिन नसक्दा लय गुमाउन पुगेको आयोजकसंग घरेलु मैदानबाट फाइदा लिंदै पुलिसले आगामी बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा एलेभेन एरोज क्लब दुहवीसंगको भेट पक्का गरेको हो । मध्यान्तर अघि सम्म समान खेले पनि मध्यान्तर पछि एकपक्षिय खेलेको पुलिसले खेलमा फर्कनका लागि ६९ मिनेट सम्म कुर्न परेको थियो ।
खेल सुरु भएको ५ औं मिनेटमा दीपेश थापामगरले बललाई पोष्टको दिशा दिंदा आयोजक अगाडि बढेको थियो । विपक्षी गोल रक्षक संजीत श्रेष्ठ अगाडि आएको मौका छोपेर थापामगरले भली गरेको बलले पोष्ट देख्दा पुलिस दबावमा परेको थियो । आयोजक मध्यान्तर अघि सम्म १–० अन्तरले अगाडि थियो । विशाल खवासले मिलाइदिएको बललाई खेम विकले वानटच जाली चुमाउँदा पुलिस ६९ औं मिनेटमा खेलमा फर्कियो । ७४ औं मिनेटमा स्ट्राईकर सुजित मुखियाका ठाउँमा मैदान छिरेका अनिल लिम्बुले मैदान प्रवेश गरेको पहिलो मिनेटमै अर्को गोल थप्दा पुलिसको जित निस्चित बन्यो । विशाल खवासले विपक्षी गोलरक्षक विष्णु चौधरीलाई विट गरेर प्रहार गरेको बललाई लिम्बुले टच गरेर पोष्ट प्रवेश गराएका थिए । पुलिसका तर्फबाट दोस्रो गोल हुनुमा मुखियाका ठाउँमा लिम्बुलाई मैदान प्रवेश गराउनु प्रशिक्षक मित्र बस्नेतको बुद्धिमानीपूर्ण निर्णय ठहरियो ।
म्यानअफदी म्याच पुलिसका विशाल खवास घोषित भए । भोलीको पहिलो समेफाइनल खेलमा इन्द्र बराह फुटबल क्लब धरान र सशस्त्र प्रहरी बल पूर्वाञ्चलबीच प्रतिष्प्रधा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्