नेपालका २० दल खारेजी प्रक्रियामा

<span class='c1'>नेपालका २० दल</span> <span class='c2'>खारेजी प्रक्रियामा</span>

काठमाडौं-लगातार तीन वर्ष आयव्यय नबुझाउने २० दल खारेजी प्रक्रियामा पुगेका छन्। आर्थिक वर्ष २०७१/०७२ सम्म लगातार तीन वर्षसम्म आम्दानी खर्चको विवरण नबुझाउँदा खारेजी प्रक्रियामा गएका हुन्।

खारेजी प्रक्रियामा रहेका राजनीतिक दल निष्क्रिय छन्। कतै नाम नसुनिने, गतिविधि नगर्ने अस्तित्वमा नरहेका साना दल छन्। १० हजार जनाको हस्ताक्षर बुझाएर दल दर्ता भए पनि ती दलको नाम जनताले कहिल्यै सुन्न पाएका छैनन् ।

तीन वर्षसम्म आम्दानी खर्चको विवरण नबुझाउने दलमा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त माक्र्सवादी), नव नेपाल निर्माण पार्टी, राष्ट्रिय शिवसेना, जनयुनिटी कोअपरेटिभ, तराई मधेस पहाड हिमाल एकता पार्टी, हरियाली नेपाल पार्टी, ओमसेना नेपाल पार्टी, नवजनवादी मोर्चा, नेपाल प्रजातान्त्रिक युवा पार्टी, नेपाल जनसंघ पार्टी, लोककल्याणकारी जनता पार्टी नेपाल, नेपाल दलित श्रमिक मोर्चा, नेपाल राष्ट्रवादी, नेपाल रिपब्लिकन पार्टी, डेमोक्रेटिक नेपाल रिपब्लिकन पार्टी, नेपाल जनएकता पार्टी, समाजवादी जनएकता, राष्ट्रिय लोकतान्त्रिक गान्धीवादी, राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी, बहुजातीय समावेशी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्