हत्यापछि ताप्लेजुङ बजार बन्द

हत्यापछि ताप्लेजुङ बजार बन्द

बिहान बसेको ताप्लेजुुङ उद्योग बाणिज्य संघको बैठकले व्यवसायी खड्काको हत्यापछि उनको मृत्युुमा शोक मनाउन बुुधकारका दिन बजार पसल बन्द गर्ने निर्णय गरेको हो । संघले विज्ञप्ति जारी गर्दै बुधवार एक दिनका लागि पेशा व्यवसाय स्थगित गरी शोक मनाउने निर्णय भएको जनाएपछि बिहान खुलेका यहाँका बजार पसल साढे ९ बजे पछि बन्द भएका छन् ।

फुरुम्बु गाविस–१ मा व्यवसाय सञ्चालन गर्दै आएका खड्का स्टोर्सका सञ्चालक लालबहादुरको आफ्नै घरमा राती हत्या भएको थियो । ताप्लेजुुङ उद्योग बाणिज्य संघले बिज्ञप्ती मार्फत खड्काको जघन्य तवरले हत्या भएको भन्दै घटनाको अनुसन्धान तत्काल थाली दोषीलाई कारवाही अघि बढाउन प्रशासनको ध्यानाकृष्ट गरेको छ। उसले घटनास्थलमा खड्काका हिसावकिताव खाता च्यातिएको,लछार पछार गरिएको र शरीरका बिभिन्न भागमा घातक हतियार प्रहार भएको देखिएकोले सुक्ष्म ढंगले अनुुसन्धान थाल्न र बास्तिवकता चाँडै बाहिर ल्याउन पनि माग गरेको छ । उसले आफूसंग भएका सूचना प्रहरीलाई उपलब्ध गराएर दोषी पत्ता लगाउने कार्यमा सहयोग गर्न स्थानीयलाई अपिल पनि गरेको छ।

मंगलबार बिहानसम्म उनको मृत्युको कारण खुल्न नसकेको यो घटना प्रहरी पुुगेर घटना स्थलको तथा शवको अवलोकन पछि मात्रै हत्या भएको खुलेको थियो। आफ्नै घरभित्र सुती रहेको अवस्थामा हत्या गरिएका खड्काको बुधवार बिहान पोष्टमार्टम गरी शव आफन्तलाई जिम्मा लगाइएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुुङका निमित्त प्रहरी प्रमुुख इन्सपेक्टर शैलेन्द्रकुुमार यादवले जानकारी दिए। पोष्टमार्टम रिर्पोटको प्रारम्भिक नतिजाले खड्काको शरीरका बिभिन्न भागमा धारिलो हतियार प्रहारपछि उच्च रक्तश्रावका कारण मृत्यु भएको देखाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्