कोकाकोला अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगितामा डिएभि र आर्दश बिजयी

कोकाकोला अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगितामा डिएभि र आर्दश बिजयी

विराटनगर,२६ जेठ : कोकाकोला अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगितामा विराटनगरमा रहेको डिएभि बोडिङ्ग स्कुल र आर्दश उच्च मावि विजयी भइ दोस्रो चरण्मा प्रवेश गरेको छ ।

मोरङ फुटबल संघको आयोजनामा विराटनगरको जुटमिल खेलमैदानमा बुधबार भएको पहिलो खेलमा डिएभी स्कूलले जीवन विकास स्कूललाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरी विजयी भएको हो ।

डिएभीका पम्पु यादबले हाट्रिक गर्न सफल भए । खेल अवधि भरी उनले तीन गोल गरी टिमलाई अग्रता दिलाए । त्यस्तै धनजित गुप्ता र रितिक यादबले १÷१ गोल गरेका थिए । सोही दिन भएको दोस्रो खेलमा विराटनगरमा रहेको मदरल्याण्ड एकाड्ेमीलाई २–० को गोल अन्तरले पराजित गर्दै आर्दश उच्च मावि विराटनगर विजयी भयो । आर्दशका तर्फबाट साझा राई र विकास खवासले गोल गरी टिमको जित सुनिश्चत गरे ।

प्रतियोगिताको बिहीबारको पहिलो खेल विराटनगरमा रहेको बिकेभियम बोडिङ्ग स्कुल र सनसाइन बोडिङ्ग स्कुल तथा दोस्रो खेल जनता उच्च मावि र जेम्स स्कुल विच प्रतिस्पर्धा गर्ने विष्णु डंगोलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्